असोज ०६, २०८१, आइतबार
               

वडाध्यक्षसहित थप नौजना प्रहरीको नियन्त्रणमा

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । वडाध्यक्षसहित थप नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित थप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लाका प्रहरी प्रमुख ठगबहादुर केसीले वडाअध्यक्ष मल्ल केटी, केटीका बुवा वीरबहादुर, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १० जनालाई अनुसन्धानका लागि सोमबार बेलुका नियन्त्रणमा लिएको जानकारी दिए । 

घटनामा संलग्न भनिएका सोती गाउँका अरू मानिसहरुको समेत खोजी भइरहेको जानकारी दिए ।

पीडित पक्षले वडाध्यक्ष मल्ल, उनका बाबु वीरबहादुरसहितका मानिसले लखेटी लखेटी आफ्ना सन्तान हत्या गरेको जनाएका छन् । 

तर, पीडितको पक्षबाट सोमबारसम्म कसैका विरुद्ध किटानी जाहेरी भने परेको छैन । 

पीडित परिवारले जाजरकोट लगिएका शवको पोस्टमार्टम गर्न पनि दिएका छैनन् ।

यो पनि