काठमाडौं । लकडाउनका कारण इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ ।
भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा नेपाली विद्यार्थीलाई पनि उद्धार गरेको हो ।
भरतले उद्धार गरेको नेपाली युवती रत्ननगर–९ चितवनकी शेभिका ढकाल हुन् ।
इन्डोनेसियास्थित भारतीय दूतावासले ट्वीट (भिडियो) मार्फत यसको जानकारी दिएको हो।
Shevika Dakal, a Nepali student of BBA, in Maharishi Markandey Uni, was in Indonesia as part of an exchange program with Airlangga Uni. She left for India by AI 1039. She is thankful to the GOI for the #VandeBharatMission
— India in Indonesia (@IndianEmbJkt) May 22, 2020
Thanks to @MoCA_GOI @MoHFW_India @DDNewslive @MEAIndia pic.twitter.com/Ehig6U1yKQ
भिडियोमा शेभिकाले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।
उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारसमक्ष अनुरोध समेत गरेकी छिन् । नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको उनले बताएकी छिन् ।
उनले नेपाल सरकार र भारत सरकारलाई धन्यवाद दिएकी छन् ।