जेठ ०५, २०८१, शनिबार
               

लकडाउनका बीच पाँच जिल्लाका सिडिओ सरुवा

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशमा लकडाउन घोषणा गरेको छ । 

यसैबीच, गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । 

मन्त्रालयले रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरेको हो । 

रसुवाको प्रजिअमा गृह मन्त्रालयका हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मा, बाजुरामा कृष्ण गैरे तथा बैतडीमा मोहन जोशीलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ ।  

बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा ल्याइएको छ । 

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि