जेठ ०६, २०८१, आइतबार
               

मिनीट्रक दुर्घटना, दुईको अवस्था गम्भीर

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा  बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार सो गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेका उक्त मिनीट्रक आज दुर्घटनामा परेको हो ।

घाइते हुनेमा निर्माण व्यवसायीसमेत रहेका बाँकेको राजापुर–२ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह, बाँकेको गुरुवा गाउँपालिका–५ बयलपुरका मिनीट्रक चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका–६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ छन् ।

घाइतेमध्ये  मल्लको दाहिने खुट्टा भाँच्चिएको छ भने छातीमा गम्भीर चोट लागेको तथा सिंहको अवस्था  गम्भीर रहेको जनाइएको  छ । 

घाइते चारै सबैलाई थप उपचारका लागि  हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको जिल्ला निरीक्षक बोहराले बताउनुभयो । गाडी सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको छ ।


कस्तो लाग्यो ?

यो पनि