काठमाडौं । राजधानीमा भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ३.४ रेक्टरको भूकम्प गएको जनाएको छ ।
आज बिहान करिब ८ बजेर १६ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुस भएको थियो ।