जेठ ०७, २०८१, सोमबार
               

श्रममन्त्री यादव अस्पतालमा

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

मन्त्री यादव स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका हुन् । 

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल जानुभएको उनका प्रेस संयोजक विजय यादवले जानकारी दिए । 

मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि