जेठ ०४, २०८१, शुक्रबार
               

सुनकोशीले बगाएर दुई युवक बेपत्ता

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवक बेपत्ता भएका हुन् । आज नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका–७ घर भई हाल फिक्कल गाउँपालिका–४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोशी नदीले बगाई बेपत्ता बनाएको हो । प्रहरीलाई सुनकोशी नदीले मानिस बगाएको भन्ने जानकारी आउनेबित्तिकै प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको उनको भनाइ छ ।

बेपत्ताको खोजी कार्यका लागि सातजना प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि