असोज ०६, २०८१, आइतबार
               

अत्यावश्यक बाहेकलाई नाकामा रोकियो, एक जिल्लाबाट अर्को जिल्ला जान रोक

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेपछि कडाइ गराइएकाे लकडाउनका कारण  जिल्ला भित्रिने सबै सवारी साधन नाकामै रोकिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट विगतमा दिइएको एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने सबै गाडीको पास रद्द भएपछि सवारीहरू नाकामै रोकिएका हुन् ।

शनिवारदेखि जिल्ला भित्रका लागि दिइएको पास पनि रद्द गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए । उनका अनुसार अति आवश्यक परेर आवतजावत गर्ने परे कारणसहित सम्बन्धित व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी नयाँ पास बनाउन सक्नेछन् ।
काठमाडौं उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको वेबसाइटमा रहेको सूचनामार्फत सम्बन्धित नियामक निकायमा सम्पर्क गरेर नयाँ पास बनाउन सकिने गृह मन्त्रालयले जनाएको छ ।

शनिवारदेखि एउटा जिल्लाका लागि लिइएको पासले अर्को जिल्लामा प्रवेश पाउने छैन । तर काठमाडौं उपत्यकामा भने यो नियम लागू हुनेछैन । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जुनसुकै जिल्लाको पास भए पनि उपत्यकामा आवतजावत गर्न पाइने छ । तर यी जिल्लाका लागि गाडीको पास आवश्यक भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्नेछ ।

       

‘अत्यावश्यक काम परेकालाई मात्रै पास उपलब्ध गराइने छ । आफूखुसी ओहोरदोहोर गर्नेलाई रोक्न नाकासँग जोडिएका सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ ।’

यस्तै, विभिन्न नाका भएर शनिवार बिहान २ सय ६० यात्रु काठमाडौं भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगा, बालाजु, भक्तपुर र दक्षिणकालीको नाका हुँदै शनिवार बिहान मात्रै २ सय ६० जना यात्रु काठमाडौँ भित्रिएका छन् । यस्तै, पास भएका ५२ वटा गाडी काठमाडौं  छिरेका ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

तर, विभिन्न नाका हुँदै आएका मोटरसाइकलसहित ७५ वटा गाडीलाई भने फर्काइएको छ । गृह मन्त्रालयले पास नभएका गाडीलाई अनुमतिमा निषेध गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अत्यावश्यक काम परेकालाई मात्रै पास उपलब्ध गराइने छ । आफूखुसी ओहोरदोहोर गर्नेलाई रोक्न नाकासँग जोडिएका सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ ।’


कस्तो लाग्यो ?

यो पनि