असोज ०६, २०८१, आइतबार
               

कोरोनासँगै डेङ्गुको डर

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

कोरोनाले आतंकित पारिरहेको बेलामा जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने  हुँदा सर्वसाधारण त्रसित छन् ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–८ की २३ वर्षीया युवतीमा शुक्रबार डेङ्गु लागेको पुष्टि भएको छ ।  

“बिरामीमा शङ्कास्पद लक्षण देखिएपछि जाँच गर्दा डेङ्गुको सङ्क्रमण भेटियो”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने । सङ्क्रमित युवती सोमबार अस्पताल भर्ना भएकी थिइन् ।

युवतीको अवस्था स्थिर रहेको र थप जाँच गरिने प्रमुख चिकित्सक पोखरेलले बताए।  गर्मी बढेसँगै डेङ्गुको जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा 
 उनले आग्रह गरे । “लामुखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरौँ”, उनले भने ।

गत वर्ष जिल्लाका १० जना व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

। चिकित्सकका अनुसार डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधि चलाउने गरिन्छ । गत महिना छिमेकी जिल्ला म्याग्दीमा पनि डेङ्गु देखिएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि