असोज ०६, २०८१, आइतबार
               

सडक किनारमा फलफूल लगाइने

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

सरकारले सडक तथा राजमार्गका किनारमा सार्वजनिक वन क्षेत्र, नदी उकास र उपयोगविहीन सार्वजनिक जमिनमा फलफूल र अन्य बोटबिरुवा रोप्ने भएको छ ।

सार्वजनिक जग्गालाई खाली नराख्ने नीति लिँदै सरकारले सम्पूर्ण खाली जमिनमा पर्याप्त फलफूल र बोटबिरुवा रोप्ने नीति लिएको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदै राष्ट्रपति विद्या भण्डारीले भनिन्, ‘सरकारले भूमि उपयोगविहीन रहने स्थितिको अन्त्य गर्ने नीति लिएको छ ।’


कस्तो लाग्यो ?

यो पनि