असोज ०६, २०८१, आइतबार
               

देशका केही स्थानमा हावाहुरीसहित चट्याङ पर्ने सम्भावना

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशका पश्चिम र पूर्वका पहाडी भागमा सामान्य बदली भइरहेको र बाँकी क्षेत्रमा भने आंशिक बदली भएको जनाएको छ ।  

यसैगरी, महाशाखाले बिहीबार दिउँसो देशको पहाडी भागमा सामान्य बदली हुने र बाँकी क्षेत्रमा भने आंशिक बदली हुने जनाएको छ । त्यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, आज राति देशका पूर्वी क्षेत्रमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली हुनेछ  भने पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि