असोज ०६, २०८१, आइतबार
               

सीमा सुरक्षा गर्ने सशस्त्रको टोली हेलिकप्टरमार्फत दार्चुला पुग्यो

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । 

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि बिओपी स्थापना गरी सीमा सुरक्षाका लागि टोली गएकाे हाे । भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि सशस्त्रकाे टोली हेलीकाेप्टरमार्फत त्यहा पुगेकाे हाे ।  

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको थियो । बुधबार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरले टोलीलाई लिएर गएको हो ।


कस्तो लाग्यो ?

यो पनि