जेठ ०५, २०८१, शनिबार
               

अज्ञात समूहबाट बाराका पत्रकार यादवमाथि कुटपिट

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । बाराका पत्रकार तथा तराई मधेस दैनिक पत्रिकाका प्रकाशक  पवन यादवमाथि कुटपिट भएको छ ।

गत आइतबार राति बाराकाे कलैयाबाट आफ्नो घर जाने क्रममा मटिअर्वा सडकअन्तर्गत कलैया उपमहानगरपालिका–१६ हनुमान मन्दिर अगाडि उनीमाथि कुटपिट भएको बताइएको छ ।

मोटरसाइकलमा घर जाँदै गरेका पत्रकार यादवलाई बाटो कुरेर बसेका करिब चारजना समूहका व्यक्तिले कुपिट गरेका थिए । उक्त कुटपिटबाट यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

पत्रकार यादवको कलैयास्थित जिल्ला अस्पातमा उपचार गरिएको छ भने आक्रमण गर्ने व्यक्तिको खोजी सुरु भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि