जेठ ०६, २०८१, आइतबार
               

भूमि अतिक्रमणको विरोध गर्ने युवाहरु पक्राउ

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले एकपक्षीय रुपमा गरेको सडक विस्तारको विरोध प्रदर्शन गरिरहेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

'सेभ बोर्डर, सीमा मिच्न पाइँदैन' नारा लगाउँदै नयाँ बानेश्वर पुगेको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत मिचेर भारतले मानसरोवर जाने बाटो विस्तार गरेको विरोधमा केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।

शनिबार पनि भारतीय दूतावास अघि विरोध प्रदर्शन गर्न पुगेका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि