असोज ०६, २०८१, आइतबार
               

पाल्पामा खरको छानाेमुक्त अभियान

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

तानसेन । विपन्न र अर्थाभाव भएका परिवारलाई पाल्पामा खरको छाना मुक्त बनाउने अभियान सुरु भएको छ । खरको छाने हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान सुरु भएको हो । 

हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र  टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । 

तीन वडालाई गत वर्ष नै खरको छानोमुक्त बनाइसकेको रिब्दीकोट गाउँपालिकाले यस वर्ष  २६० घरपरिवारलाई प्रतिघर तीन बण्डलका दरले जस्तापाता वितरण गरेको छ ।

बाँकीलाई पनि गाउँपालिकामा खरको छानोमुक्त घोषणा गर्ने अभियान चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ७५ घरपरिवारलाई प्रतिघर तीन बण्डल जस्तापाताका दरले वितरण गरिएको छ ।

गाउँपालिकामा गत वर्ष रु १० लाखको वितरण भएको र यस वर्ष रु ३० लाखको जस्तापाता वितरण गरिने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । 

रम्भा गाउँपालिकामा  गाउँपालिकामा रहेका २०२ मध्ये १८ घर भूकम्पबाट प्रभावित भएको र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुँदै गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

रम्भाका पीपलडाँडा, फोक्सिङ्कोट र  हुँगी क्षेत्रमा खरको छाना भएका घर छन् । अहिलेसम्म एक घरलाई २१ पाताको दरले चार हजार २४० जस्तापाता वितरण गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि