जेठ ०५, २०८१, शनिबार
               

एसइई परीक्षा लिन आवश्यक छैन: बाबुराम भट्टराई

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघीय संसदको छैटौं अधिवेशनको अवसरमा संसदमा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले परीक्षा जरुरी नभएकाेले विद्यालयले नै लिनुपर्ने बताएका हुन्  ।

विद्यालय शिक्षा कक्षा १२ सम्म पुर्‍याइएको र ग्रेडिङ प्रणालीमा गएको अवस्थामा एसइई परीक्षाको औचित्य नरहेको उनको तर्क थियो- 'यसै पनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन । विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ ।'

साथै  शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अभिव्यक्तिलाई विद्यार्थीलाई तनाव बढेको बताए ।


कस्तो लाग्यो ?

यो पनि