जेठ ०५, २०८१, शनिबार
               

संसद् अपहरणविरुद्ध मुद्दा प्रहरीमा दर्ता

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा सांसद्‍द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता भएकाे छ ।  जिल्ला सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा अनुशन्धानका लागि पठाएकाे हाे । 

महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ताभएसँगै सांसद्‍द्वय महेश बस्नेत र किसान श्रेष्ठ, प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल र नविन बस्नेतलगायतविरुद्ध मुद्दाको अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ। 

जनता समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादवले जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलमा दिएको जाहेरी आज दिउँसो परिसर पठाइएको हो। प्रहरी स्रोतका अनुसार परिसरको अनुसन्धान टोली महोत्तरी प्रस्थान गरिसकेको छ।

 

यो पनि