जेठ ०५, २०८१, शनिबार
               

सिंहदरबार गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकहरुले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन् ।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा केही प्रहरी घाइते भएका छन् ।

प्रहरीका अनुसार, सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकले प्रहरीलाई ढुंगामुढा गरेका हुन् ।

चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रदर्शनमा उत्रिएका ३३ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो पनि