असोज ०६, २०८१, आइतबार
               

कर्नेल सवार कारसँगको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउनको समयमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेलले चलाएको कार र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ । 

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शेखर जबरा सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । 

शुक्रबार बिहान साँढे सात बजे रविभवनमा भएको दुर्घटनामा मोरङ बेलबारीका २३ वर्षीय युवक टीकाराज गेलालको मृत्यु भएको हो ।

कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । 

दुर्घटनामा गम्भीर घाइते भएका गेलालको नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि लेफ्टिनेन्ट कर्नेल जबरालाई नियन्त्रणमा लिइएको छ । 


कस्तो लाग्यो ?

यो पनि