असोज ०६, २०८१, आइतबार
               

नागढु‌ंगा नाकामा आइजिपी ज्ञवालीको छड्के

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट लकडाउनको समयमा पनि बाहिरी जिल्लाबाट मानिसहरू भित्रिन नरोकिनपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली अवलोकनका लागि पुगेका छन् । बिहीबार साँझ नागढुंगामा निरीक्षणका लागी पुगेका आइजिपी ज्ञवालीले सुरक्षामा खटिएका अधिकारीलाई अत्याआवश्यक बाहेक कुनै पनि सवारी साधन काठमाडौँ प्रवेश गर्न नदिन निर्देशन दिए । 

पछिल्लो समय भारतसँग सीमा जोडिएका तराईमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । सुरक्षाको लागि भन्दै त्यहाँबाट केही मानिसहरू रातारात काठमाडौँ छिर्ने तयारीमा रहेको सूचना पाएपछि आइजिपी ज्ञवाली निरीक्षणका लागि काठमाडौँ छिर्ने मुख्य नाकामा पुगेका हुन् । नागढुंगा पुगेर त्यहाँ सुरक्षामा खटिएका अधिकारीसँग जानकारी लिँदै अत्याआवश्यक भएका बाहेक ई–पास भएकाहरूलाई समेत काठमाडौ‌ं प्रवेश गर्न नदिन उनले निर्देशन दिए ।

काठमाडौँबाहिर गएका मानिसहरूलाई काठमाडौँ भित्राउँदा स्वास्थ्य जोखिम बढ्ने भन्दै भन्दै आइजिपी ज्ञवालीले कोरोना पूर्ण नियन्त्रणमा नआउँदासम्म बाहिरी जिल्लाबाट काठमाडौँ भित्रन नदिने सरकारको योजना रहेको सुनाए । आइजिपी ज्ञवालीसँगै निरीक्षणमा गएमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीले अहिलेसम्म अत्याआवश्यक बाहेक सबैलाई बाहिरै फकाईएको जानकारी गराए । इ–पास र पहेँलो पासहरूलाई समेत काठमाडौँ भित्रन नदिइएको बताउँदै एसएसपी ज्ञवालीले खाद्यान्न, एम्बुलेन्सहरूलाई भने प्रवेश दिइएको सुनाए ।


कस्तो लाग्यो ?

यो पनि