रोल्पामा चट्याङ लागेर बिहीबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुंग्री गाउँपालिका–२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुन रहेका छन् ।
बिहान करिब ८ः ३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । विक र पुन दुवै छिमेकी हुन् ।
प्रहरीका अनुसार चट्याङ लागेर विकको बाख्राको एउटा पाठोसमेत मरेको छ ।