बैशाख २६, २०८१, बुधबार
               

मजदुरलाई सडकमा नरोक्नु

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

प्रदेश ५ संसदको प्रदेश मामिला तथा कानुन समितिले मजदुरहरूलाई सडकमा नरोक्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

सभापति दामाकुमारी शर्माले सडकमा अलपत्र परेका मजदुरहरू  किसान पनि हुन सक्ने भन्दै सुरक्षित रूपमा घरसम्म पठाउन आइतबार निर्देशन दिएको बताइन् ।  ‘यो समय खेतीपाती भित्र्याउने तथा नयाँ खेतीका लागि तयारी गर्ने समय पनि भएकाले उनीहरूलाई आवश्यक जाँच गरेर घर पठाउनुपर्ने उनले बताइन् ।

समितिको बैठकमा प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेका कामको जानकारी लिने क्रममा सांसदहरूले सीमानाका कडाइ गर्नेदेखि खेतीपातीको समय सुरु हुन लागेकाले किसानका समस्यातर्फ पनि सरकारको ध्यान जानुपर्ने कुरा उठाएका थिए ।

त्यस्तै, बैठकमा सांसदहरूले तरकारीका लागि प्रदेशलाई नै आत्मनिर्भर बनाउन सकिने भन्दै सीमानाकाबाट दैनिक उपभोग्य वस्तुअन्तर्गत तरकारी तथा फलफूल आयात रोक्नुपर्ने कुरा पनि उठाएका थिए । बैठकमा भोजप्रसाद श्रेष्ठ, हरि रिजाल, सन्तोष पाण्डे, रमा अर्याल, दीपेन्द्र अधिकारी, खडकबहादुर खत्रीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सचिव शंकर खरेललगायतको पनि उपस्थित थियो ।
 


कस्तो लाग्यो ?

यो पनि