बुटवल । जंगली च्याउ खाँदा अर्घाखाँचीका दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन् ।
भूमिकास्थान नगरपालिका वडा नम्वर ६ खिल्जीकी ३२ बर्षीया रामकला महतरा र उनकी ७ बर्षीया छोरी विपा महतराको उपचारका क्रममा लुम्विनी सिटी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
मृतक रामकलाकी सासु लालसरी महतरा र देउरानी लक्ष्मी महतरा गम्भीर बिरामी परेका छन् । ।
गम्भीर दुई जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।