जेठ ०१, २०८१, मंगलबार
               

धान बाेकेकाे भारतीय ट्रकबाट १८ लाख बरामद

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

सर्लाही । मलंगवा नगरपालिका–२ सेलाहीबाट अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । धान बाेकेकाे ट्रकबाट अवैध रकम बरामद गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रक जाँच्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो ।

सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षीय निरजकुमार मण्डललाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यो पनि