बैशाख १७, २०८१, सोमबार
               

विष्फोटक पदार्थ खेलाउने क्रममा बालक घाइते

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

कञ्चनपुर ।  खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुरकाे महाकाली नगरपालिका–६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली आज घाइते भएका छन् । महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।

बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । विष्फोट भएको वस्तु पटाका बनाउन प्रयोग हुने लोएक्सप्लोसिभ पदार्थ रहेको उल्लेख गर्दै उपरीक्षक पौडेलले घातक विष्फोटक पदार्थ नभएको बताए । “विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, उनले भने । स्थानीय बासिन्दाका अनुसार जङ्गली बँदेल, माछालगायत मार्नका लागि चोर शिकारीले विष्फोटक पदार्थ राखेको हुनसक्ने आशङ्का गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि