जेठ ०२, २०८१, बुधबार
               

विद्यालयको कम्प्युटर चोरी

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

दैलेख । भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ । 

दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको हो ।  

विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको चोरी भएको बताए । 

अभियुक्तको खोजी भइरहेको प्रहरी हवल्दार वसन्त श्रेष्ठले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि