असोज ०६, २०८१, आइतबार
               

लकडाउनकैबीच रक्तदान कार्यक्रम आयोजना

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

कोरोना भाइरस सङ्क्रमणको त्रास र सामाजिक दुरी कायम गर्न गरिएको लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भई कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएको खबर आइरहेका छन् । यस्तो अवस्थामा काठमाडौँमा एक सामाजिक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा बिहीबार (भोलि) रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।

काठमाडौँ महानगरपालिका वडा नं ५ हाँडीगाउँस्थित त्रीशत्ति क्लब प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरिने छ ।

रक्तदान गरी जीवनदान गर्न चाहनेहरूले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सहभागी हुनसक्ने आयोजक संस्था त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीयवासी, नेता, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित हुनेछन् । 

कोरोना भाइरसको सक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था सिर्जना हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । त्यो अवस्था आउन नदिनको लागि र अरूलाई समेत रक्तदान गर्न प्रेरित गर्न लकडाउनकैबीच रक्तदान कार्यक्रम राखिएको संस्थाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि