जेठ ०४, २०८१, शुक्रबार
               

नागढुंगामा उपप्रमुख खड्गी

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले नागढुंगा नाकाको अनुगमन गरेकी छन् । 
बुधबार विहान उनी अनुगमनको लागि नागढुंगा पुगेकी हुन् ।

काठमाडौं भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा बुझ्न उनी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी थिइन् ।

काठमाडौं उपत्यकाभित्र धमाधम मानिस आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न आफूले स्थलगत अनुगमन गरेको उपप्रमुख खड्गीले बताइन् । 

मालबाहक ट्रक (गाडी) मा मानिस लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना आफूले पाएकोले स्थलगत अनुगमन गरेको उनले बताइन् ।

तीन–चार घण्टा अनुगमनमा बिताएकी खड्गीले उक्त सूचना गलत भएको सुनाइन् ।  

उनले सवारी साधन भित्रिने गति, भित्र आउने सवारीको प्रयोजन, सवारी र सवारीमा आउने व्यक्तिको अभिलेख राख्ने तरिका अवलोकन गरेकी थिइन् । 

त्यस्तै सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा पनि उनले जानकारी लिएकी थिइन् ।

नाकामा पुगेर उनले मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क वितरण गरेकी थिइन् । उनले कार्यक्षेत्रमा खटिएको नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायतसँग सुरक्षा व्यवस्थाबारे छलफल गरेकी छिन् ।

उनले हरेक नागरिकको सुरक्षा अवस्थाप्रति गम्भीर रहेको भन्दै महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गरिन् ।

यो पनि