असोज ०६, २०८१, आइतबार
               

हराएका बालक इटाभट्टामा मृत फेला

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीबाट हराएका बालक मृत फेला परेका छन् ।

सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयवासी रामेश्वर साहका १२ वर्षीय छोरा सुरज साह मृत अवस्थामा फेला परेका हुन् । 

सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि