असोज ०६, २०८१, आइतबार
               

एसइई परीक्षा नलिन माग

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

काठमाडौं । यसवर्ष एसइई परीक्षा नलिन निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन) ले एसइईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।

महामारीका रूपलेले फैलिएको कोरोना भाइरसका कारण परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार एक विज्ञप्ति प्रकाशन गर्दै प्याब्सनले सो आग्रह गरेको हो ।

यसका लागि आवश्यक कानूनी अड्चन फुकाउन समेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए । 

गत चैत पहिलो साताका लागि तय भएको एसइई परीक्षा कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि