असोज ०६, २०८१, आइतबार
               

भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

झापा । झापास्थित नेपाल–भारत सीमामा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ। 

सीमाबाट भारतीय नागरिकको हुल आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ । 

सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै उक्त समूहलाई भगाएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

हिजो राति करिब १०० जना जतिको संख्यामा भारतीय नागरिक झापाको झापा गाउँपालिका वडा नम्बर ४, टागन डुब्बास्थित सीमा नाकाबाट जबर्जस्ती प्रवेश गर्न खोजेपछि उनीहरुलाई सशस्त्र प्रहरीले रोकेको थियो ।

त्यस क्रममा उनीहरू (भारतीयहरु) ले प्रहरीलाई नै आक्रमण गरेपछि सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गरेर भगाएको कोइरालाले बताए ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण एक महिनाभन्दा बढी समयदेखि नेपाल र भारत दुवै देशमा लकडाउन गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि