असोज ०६, २०८१, आइतबार
               

सीमा क्षेत्रमा पाँच सय चौकीसहित सशस्त्रले निगरानी गर्ने

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकीको सङ्ख्या ५ सय पुर्‍याइने भएको छ । कोभिड–१९ को जोखिम रहेका बेला गृह मन्त्रालयले सीमा नाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बीओपी थप्ने तयारी गरेको हो ।

अहिले सीमा क्षेत्रमा सशस्त्रको एक सय २१ स्थायी बीओपी छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले यससम्बन्धी खाका तयार पारेको हो । 

सोमबार सशस्त्र प्रहरीले यस खाका गृह मन्त्री थापासमक्ष प्रस्तुतसमेत गरेको थियो । सीमा क्षेत्रमा भारतको पाँच सय ३० बीओपी छ । त्यही अनुपातमा बीओपी थप्न लागिएको हो । प्रस्तावअनुसार यति सङ्ख्यामा जनशक्ति खटाउन नौ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ ।

अहिले सीमावर्ती जिल्लामा धेरै अस्थायी चौकी राखिएको छ । गृह मन्त्रालयमा सोमबार भएको छलफलमा गृह मन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने बताए। 

यसअघि सीमा क्षेत्रमा ८७ बीओपी रहेकोमा गृहमन्त्री थापाले मन्त्रालय सम्हालेपछि एक सय २० पुर्‍याइएको थियो । यसअघि बीओपी सङ्ख्या दुई सय २१ पुर्‍याउने गृह मन्त्रीको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । यसअघि बीओपीमा पाँच हजार जनशक्ति रहेकामा कोरोनाको सङ्क्रमणका कारण आठ हजार तीन सय ८३ थप जनशक्ति सीमामा थपिएको हो ।


कस्तो लाग्यो ?

यो पनि