असोज ०६, २०८१, आइतबार
               

जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरू भित्रिँदा नेपाल उच्च जोखिममा

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

 प्रदेशसभा सांसद र सुरक्षा निकायका प्रमुखहरूले रुपन्देहीको सीमा क्षेत्र अनुगमन गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरू भित्रिन थालेको गुनासो आएपछि उनीहरुले जनप्रतिनिधिहरूसँग भेटघाट गरी आफूखुसी कसैलाई पनि भारतबाट नेपाल नभित्राउन आग्रह गरेका छन् ।

सीमा क्षेत्रमा कडाइ गर्दा पनि भारतबाट नेपालीहरु आउने क्रम नरोकिएपछि प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको टोली अनुगमनमा निस्किएको छ ।

उक्त टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका–१ स्थित खैराघाट नाका पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई भेटेर सचेत गराएको हो ।

‘कोटहीमाई गाउँपालिका–१ पुर्निहवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति क्वारेन्टाइनमा पुगेर इमान्दारिता देखाएकाले महामारीबाट बचेका छौं,’ सांसद पाण्डेयले भने, ‘त्यस्तै इमान्दारी गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यहरूले देखाउनुपर्छ । जनताको सेवा गर्ने नाममा सीमाबाट आउ(जाउ गर्न रोक्नुपर्छ । 

उनले भने,  ‘जनप्रतिनिधि र नागरिकको सहयोगविना महामारी नियन्त्रण हुन सक्दैन,’ उनले भने, ‘भारतमा रहेका नेपाली नागरिकलाई २र४ दिन उतै बस्न दिँदा पहाड खस्दैन, तर संक्रमित भित्रिएर महामारी फैलिएमा पहाड खस्नुभन्दा खतरनाक हुन्छ ।’

सम्मरीमाई गाउँपालिका र मर्चवार गाउँपालिकाका वडाअध्यक्षहरूले कोरोनाविरुद्ध लड्न अब आफूहरू थप जिम्मेवारी भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


कस्तो लाग्यो ?

यो पनि