असोज ०६, २०८१, आइतबार
               

जंगली च्याउ खाँदा ५ जना बिरामी

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

तनहुँ । घर नजिकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा  एकै परिवारका पाँच जना बिरामी परेका छन् ।  देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो ।  

तिनमध्ये बुबा कृष्ण  र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको र दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ ।  

त्यसैगरी ४० वर्षीया श्रीमती गौरी तथा छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि