असोज ०६, २०८१, आइतबार
               

सालीसँग प्रेम बसेपछि श्रीमतीको हत्या

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

सालीसँग दोस्रो विवाह गर्नका लागि धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । हत्या गरेर सामुदायिक वनमा श्रीमतीको शव गाड्ने श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको मिथिला नगरपालिका–९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । उनका अनुसार चौहानले श्रीमतीलाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घुमाउन लैजाने बहानामा हत्या गरेका हुन् ।

‘गत वैशाख १८ गते नै हरिले विणाको सलले घाँटी थिची हत्या गरेका रहेछन्,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेका थिए ।’

वीणाका उनका पिताले उनी हराएको भन्दै हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानकै क्रममा उनका पति हरिलाई नियन्त्रणमा लिएपछि हत्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाइ छ ।

‘हरिको बयानका आधारमा हामीले आइतबार राति नै शव उत्खनन् गरेका छौं,’ उनले भने । उनको बयानका आधारमा शव निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएको र हरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि