असोज ०६, २०८१, आइतबार
               

लकडाउन उल्लङ्घन बढेपछि डिसइन्फेक्सन स्प्रे

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनको उल्लङ्घन बढ्न थालेपछि ‘स्यानिटाइजर डिसइन्फेक्सन स्प्रे’ लाई तीव्रता दिइएको छ। गृह मन्त्रालयले लकडाउनलाई कडाइ गर्न सवारी आवतजावतमा रोक लगाए पनि प्रभावकारी बन्न नसकेपछि सवारी साधनमा ‘स्यानिटाइजर डिसइन्फेक्सन स्प्रे’ धेरै ठाउँमा थालिएको हो । 

लकडाउनको समयावधि लम्बिँदै गर्दा काठमाडौँ भित्रने र बाहिने सवारीको सङ्ख्या दैनीक बढ्दै गएको छ। यसरी धेरै मात्रामा चलेका सवारी र लामो दुरीमा चल्ने सवारीबाट पनि सङ्क्रमणको जोखिम रहेको भन्दै नाका नाकामा ‘डिसइन्फेक्सन स्प्रे’ थालिएको छ । काठमाडौ‌ं प्रवेशको मुख्य नाका नागढुङगासहित बल्खु, कोटेश्वर, माछापोखरी जहरसिंह पौवालगायतका क्षेत्रमा ‘स्यानिटाइजर डिसइन्फेक्सन स्प्रे’ भइरहेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। 

‘स्प्रेबाट छर्किने निसंक्रामक औषधीबाट उपत्यका भित्रने सवारीसाधन सङ्क्रमण मुक्त हुने विश्वास लिएका छौँ,’ अधिकारीले नेपाल फ्ल्याससंग भने ‘हरेक नाकाबाट काठमाडौँ भित्रिने सवारीसाधनलाई स्प्रे गरेपछि मात्र काठमाडौं भित्रन दिन्छौँ ।’

काठमाडौंको मुख्य नाका नागढुङगामा स्यानिटाइजर इन्फेक्सन स्प्रे टनेल नै स्थापना गरिएको छ। अरू नाकामा भने टनेलविनाकै ‘स्यानिटाइजर डिसइन्फेक्सन स्प्रे’ गरिँदै आइएको छ । लकडाउनको समय लम्बिएसँगै गएसंगै उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको सङ्ख्या उत्तिकै छ । त्यसमा पनि निजी सवारीसाधन धेरै चल्दै आएका छन्।

जसले कोरोना भाइरसको सङ्क्रमणलाई अझ बढाएपछि सुरक्षित बनाउन स्प्रे गर्ने काममा स्वतःस्फूर्त विभिन्न निकाय खटिएका छन् । नागढुङगामा चन्द्रागिरि नगरपालीकाले स्प्रे गरिरहेको छ। अरू ठाउँमा रेडक्रसलगायतका संस्थाहरूले स्प्रे गर्दै आएका छन् । उनीहरूले सुरक्षाकर्मीसंगै यात्रुहरूको ज्वरो नाप्ने र आशङ्का लागे थप परीक्षण गर्न पठाउने काम गरिरहेका छन् ।

काठमाडौंबाट र भक्तपुर प्रवेश गर्ने सबै गाडीहरूमा पनि स्प्रे भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा गाडी डिस्इन्फेक्ट गर्ने कार्य गरिँदै आएको छ।
 


कस्तो लाग्यो ?

यो पनि