असोज ०६, २०८१, आइतबार
               

डा. सुरेन्द्र यादव अपहरण गरिएकाे अभियोगमा आज मुद्दा दर्ता

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

सरकारी वकीलको कार्यालयले सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको मुद्दा आज दर्ता गरेको छ ।

गत मंगलबार अपहरण पीडित सांसद डा. सुरेन्द्र यादव र जनता समाजवादीका नेताहरु वकिल कार्यालयमा अपहरणको जाहेरी दिन पुगेका थिए ।

यसअघि सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न समय मागेको थियो । मानव अधिकार आयोगको पत्र र दबाबपछि मात्रै मुद्दा दर्ता भएको अधिवक्ता दिनेश त्रिपाटीले बताए ।


कस्तो लाग्यो ?

यो पनि