असोज ०६, २०८१, आइतबार
               

च्याउ खाँदा पाँच जना बिरामी

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

सांकेतिक तस्विर
ADVERTISEMENT

चितवन । वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।

कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँको २५ वर्षीय  छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् । उहाँहरुले घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए

 च्याउ खाएसँगै बिरामी परेपछि आज बिहान उहाँहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ । वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि