असोज ०६, २०८१, आइतबार
               

राहत माग्न पुगेका स्थानीयलाई प्रहरीको लाठी

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि झडपको स्थिति उत्तपन्न भएको हो ।

राहत वितरणमा जनकपुरधाम वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले विभेद गरेको स्थानीयले आरोप लगाएका छन् ।

वडाध्यक्षको विरोधमा स्थानीयले नारावाजी सुरु गरेपछि वडाध्यक्षको निर्देशनमा प्रहरीले लाठीचार्ज गरेको स्थानीयले आरोप लगाएका छन् ।

वडाध्यक्ष यादवले विपन्न र गरिबलाई बेवास्ता गर्दै आफ्ना नजिकका कार्यकर्तालाई अनावश्यक रुपमा राहत वितरण गरेको स्थानीयको भनाइ छ ।

प्रहरीको कुटपिटबाट एक दर्जनभन्दा बढी स्थानीय घाइते भएको बताइएको छ ।

यसैबीच, विपक्षी दलले जानी जानी विरोध गरेको वडाध्यक्ष यादवले प्रतिक्रिया दिएका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्न लागेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि