जेठ ०५, २०८१, शनिबार
               

फर्निचर उद्योगमा आगलागी हुँदा एक करोडको क्षति

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिका वडा नं ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गरेका विशेष फर्निचर उद्योगमा आज भएको आगलागीमा ७० लाखको फर्निचरका सामग्री र ३० लाख बराबरको भौतिक संरचना जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसहित दमकल र पानी ट्याङ्करको सहयोगमा लगभग डेढ घण्टामा आगो नियन्त्रणमा आएको हो । लकडाउनको समय भएका कारण फर्निचरमा कामदार कोही नभएकाले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने सञ्चालक दुर्गाप्रसाद भट्टराईले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि