असोज ०६, २०८१, आइतबार
               

बाढीले नहर बगाउँदा एक हजार १५० परिवार अन्धकारमा

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

बागलुङ । लघुजलविद्युत् आयोजनाको नहर भत्किँदा बागलुङको निसीखोला गाउँपालिकाका एक हजार १५० घरधुरीमा विद्युत् आपुर्ति बन्द भएको छ ।

शुक्रबार निसीखोलामा वर्षासँगै आएको बाढीले वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको नहर भत्काएको हो । खोलामा रहेको नहरको बाँधसँगै नहरको केही भागसमेत खोलाले बगाएको छ । विद्युत् अवरुद्ध भएपछि यस क्षेत्रमा सञ्चालनमा आएका फर्निचर उद्योग, कुखुरापालक किसान तथा अन्य उद्योगी व्यवसायीसमेत मर्कामा परेका छन् ।

मोबाइल फोन चार्ज गर्ने विद्युत‍्समेत नभएकाले स्थानीय सञ्चार सेवाबाटसमेत बञ्चित भएका गाउँपालिकाले जनाएको छ । आयोजनाको बाँध नजिकैको २५ मिटर नहर भत्किएको र भिरालो ठाउँ रहेकाले मर्मतका लागिसमेत समय लाग्ने आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले बताए । 

बाढीले थप क्षति नपुर्‍याएमा अझै एक महिना समय लगाएर मात्रै नहर मर्मत गर्न सकिने उनले बताए । यो क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना हरेक वर्ष वर्षाको समयमा प्रभावित हुने गरेका छन् । गाउँपालिकाका अधिकांश वडामा लघुजलविद्युत् आयोजनामार्फत नै विद्युतीकरण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि