असोज ०६, २०८१, आइतबार
               

गजुरी गाउँपलिकालाई पूर्वविद्यार्थीले गरे औषधि सहयोग

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

धादिङ । आदर्श स्कुस्ल स्टुडेन्ट्स एल्मुनाई (ASSA) गजुरीको पहलमा संकलन गरिएको आवश्यक स्वास्थ्य सामाग्री गजुरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

शनिबार गाउँपालिका प्राङ्गणमा आयोजित एक कार्यक्रममा दुई लाख ४० हजार बराबरको औषधी गजुरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

आदर्श स्कुस्ल स्टुडेन्ट्स एल्मुनाईका अध्यक्ष किरण श्रेष्ठले गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

गजुरी गाउँपालिकाका नागरिकहरुको सहयोगार्थ सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

आदर्श स्कुस्ल स्टुडेन्ट्स एल्मुनाई आदर्श माध्यमिक विद्यालय गजुरीको पूर्व विद्यार्थीहरुको साझा संस्था हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिकको हकहितको लागि लकडाउनको यस समयमा संस्थाले आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कोषाध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि