असोज ०६, २०८१, आइतबार
               

विषालु च्याउ खाँदा परिवारका सातै जना बिरामी

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । 

बिरामी हुनेमा रुपन्देहीको जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन,४५ वर्षीया बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन रहेका छन् ।

शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि रातति१२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि