जेठ ०७, २०८१, सोमबार
               

श्रीमानले नै बलात्कार गर्न खोजेपछि...

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

कैलाली । बलात्कार प्रयास गरेको आरोपमा एक महिलाका जेठाजु र श्रीमानलाई नै प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि जबरजस्ती बलात्कार गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । एक वर्षअघि उनिहरूको मागी विवाह भएको थियो  ।

दाजुभाइ मिलेर जवरजस्ती बलात्कार गर्न खोजेको भन्दै किशोरी र उनका माइती पक्षले जवरजस्ती करणी उद्योगमा मुद्दा दिएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको आइतबार म्याद थप गरिने प्रहरीले जनाएको छ । सोही मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेको बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि