जेठ ०५, २०८१, शनिबार
               

भीषण आगलागीबाट ताप्लेजुङमा सात घर जलेर नष्ट

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । भीषण आगलागीबाट ताप्लेजुङमा सात घर जलेर नष्ट भएका छन् । जिल्लाको सदरमुकाम फुङलिङ बजारमा गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान करिब साढे ५ बजे नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएको हाे ।

भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण भने नखुलेको प्रहरीको भनाइ छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि