बैशाख २४, २०८१, सोमबार
               

चट्याङ लागेर दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

शुक्रबार सिन्धुली र कालीकाेटमा चट्याङ लागेर एक/एक जनाकाे मृत्यु भएकाे छ ।

सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका-२, श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राईको शुक्रबार  बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै पानीघट्टामा बुबालाई खाना पुर्‍याएर फर्कने क्रममा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका राईको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-८, मुम्रामा चट्याङ लागेर ११ वर्षीया रेखा दर्जीको घटनास्थलमै मृत्यु भएको छ।

 


कस्तो लाग्यो ?

यो पनि