असोज ०६, २०८१, आइतबार
               

वैशाख २५ पछि लकडाउन खुकुलो बनाउने सरकारको तयारी

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

सरकारले वैशाख २५ पछि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको छ । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरू आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।

कृषि, उद्योगधन्दा तथा अरू महत्वपूर्ण कुराहरूलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कोरोनाका कारण दिर्घरोगी र अन्य बिरामीहरू अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।

उनले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरूको र्‍यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए । सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकलाई उनीहरूको घरसम्म पुर्‍याउन आदेश जारी गरेपछि सरकारले घर पुर्‍याउने नीति अवलम्बन गरेको उनले बताए । बाटोमा अलपत्र रहेका नागरिकलाई सुरक्षित घर पुर्‍याइएको र आरडिटी परीक्षण जारी रहेको उनले बताए ।

मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरूले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको स्पष्ट पारे ।


कस्तो लाग्यो ?

यो पनि