असोज ०६, २०८१, आइतबार
               

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

८६ वर्षिया रानुदेवीको बिहीबार साँझ मेडिकेयर अस्पतालमा निधन भएको हो । 

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको स्वास्थ्यमा थप समस्या देखिएपछि बिहीबार बेलुका अस्पताल लगिएको थियो । 

अस्पताल लगेको एक-डेढ घण्टामै उनको निधन भएको चिकित्सकहरुले जानकारी दिए । बिहीबार राति नै उनको अन्त्येष्टि गरिएको छ। 

तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा २००७ सालमा रेडियो स्थापना भएपछि रानुदेवीले गीत गाएकी थिइन् । 

निरंकुशताविरुद्ध २००७ सालमा भएको प्रजातान्त्रिक आन्दोलनका बेला उनले गीत गाएकी थिइन् ।

उनी कांग्रेस नेता डा. शेखर कोइरालाकी सानीमा हुन् । रानुदेवीका एक छोरा र दुई छोरी छन् । 


कस्तो लाग्यो ?

यो पनि