जेठ ०२, २०८१, बुधबार
               

रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

रोल्पा । रोल्पाको  त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा बेवारिसे बम विस्फोट हुँदा चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोलानजिक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो ।

मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र  ११ वर्षीया विमला खत्री तथा वडा  ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए । घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन भएको छ ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताए । घटनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उनले बताए ।
 

 


कस्तो लाग्यो ?

यो पनि