कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
बिहीबार न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।
किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवाल २५ चैतमा ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा पक्राउ परेका थिए ।